२६ जेष्ठ २०८३, मंगलबार 1781065897
समाचार

काभ्रेमा बाबुला बोकेको टिपरमा आगलागी

काभ्रेपलाञ्चोक, २२ जेठ । काभ्रेमा बाबुला बोकेको टिपरमा आगलागी भएको छ ।

पाँचखाल नगरपालिका–५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो ।

एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ ।आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।