४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:07 am
समाज

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

सूचना प्रेस २०८२ जेष्ठ २४ शनिबार ००:००, १८:३७ बजे १ मिनेट पढाइ

चितवन । भरतपुर महानगरपालिका-११ गोर्खाली टोल बस्ने ६० वर्षीया हिरा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ बसेनी बस्ने ४५ वर्षीय रवि गुरुङ समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार १ सय ८५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।