३ भदौ २०८३, बुधबार 1787168782
समाज

जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

धनगढी । अछाममा जबरजस्ती करणी मुद्दामा फरार रहेका रहेका एक जनालाई  प्रहरीले पक्राउ गरेको छ। तुर्माखाँद गाउँपालिका-१ स्थायी ठेगाना भई हाल फरार रहेका अन्दाजी २० वर्षीय मनवीर शाहीलाई जिल्ला प्रहरी कार्यालय अछामको प्रहरी टोलीले पक्राउ गरेको हो। पीडितको जाहेरीका आधारमा दर्ता भएको उक्त मुद्दामा अनुसन्धानको क्रममा रहेका शाही वारदातपश्चात् फरार थिए।

प्रहरी चौकी रहफ अछामबाट प्रहरी निरीक्षक उत्तम सिंह कार्कीको कमान्डमा खटिएको टोलीले मिति २०८२ जेठ २६ गते दिउँसो ३ः १० बजेतिर शाहीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका शाहीलाई प्रारम्भिक अनुसन्धान पश्चात् थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर बुझाउने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।