१३ असार २०८३, शनिबार 1782589239
Banner

देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्छ: सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्ने बताएका छन्। सोमबार कांग्रेस पार्टी कार्यालय सानेपमा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समिक्षा बिषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रुपमा पहाडमा बिकास हुन नसकेका कारण बसाईसराई गर्नुपर्ने अवस्था देखिएको भन्दै देशका सवै भूभागमा बिकास हुने गरि योजना बनाउनुपर्ने बताएका हुन्।

सभापति देउवाले जलवायु परिवर्तनका असर सवै भन्दा बढि नेपालमा पर्ने देखिएकोले त्यसको असर न्यूनिकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने समेत बताए। देशको बिकासमा ध्यान दिएर आर्थिक अवस्था सुधार गर्दै अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उनको भनाइ छ। सभापति देउवाले युवाहरु विदेश पलाएन हुने अवस्थालाई रोक्नका लागि स्वदेशमा नै अवसरको सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।