४ आश्विन २०८१, शुक्रबार 1726857261
Banner

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना

काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।

सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

कच्ची बाटोमा धेरै सहभागी रहेको र बाटोबाट धेरै तल खसेकाले धेरै क्षति भएको हुनसक्ने स्थानीयको अनुमान छ । घटनाको विवरण भने आइसकेको छैन ।