४ आश्विन २०८१, शुक्रबार 1726854080
समाचार

चौरीदेउरालीको प्रभा माविमा मतदान स्थगित, मतपेटिका फुटाइयो

काभ्रे । चौरीदेउराली गाउँपालिका–६, कात्तिकेदेउरालीस्थित प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

इच्छाइएको व्यक्तिले भोट हाल्ने बिषयमा विवाद भएपछि त्यहाँ मतपेटिका तोडफोड भएको छ । केही समयको लागि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।