काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते आफूलाई स्थानीय तहको निर्वाचन सार्ने प्रस्ताव पठाएको खुलाएका गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले ओलीलाई प्रश्न गर्दै ‘चुनाव हुँदैन, मलाई गराउँदैन भन्थे, आज मतदान त भइरहेको छ, केपीजीले पनि मतदान गर्नुभयो होला नि ? भनेर सोधेपछि त्यसको जवाफ अध्यक्ष ओलीले दिनुभएको छ ।
महेन्द्र शान्ति माविको मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारसँग कुरा गर्दै ओलीले भन्नुभयो, ‘उहाँले ९ गते स्थानीय तहको निर्वाचन सार्ने औपचारिक प्रस्ताव पठाउनुभएको थियो। मैले सहमति नगरेर कानुनले नमिल्ने भएपछि बाध्य भएको हुन्।’ उहाँको दाबी थियो । ‘हामी सहमत भएपछि र कानूनी व्यवस्थाका कारण उहाँहरु चुनाव गराउन वाध्य हुनुभएको हो । नत्र मुद्दामा गएर हुन्छ कि झगडा गरेर हुन्छ कि अनेक तरिकाले चुनाव रोक्न खोज्नुभएको थियो । यो चुनाव गराउन हामीले धेरै पापड बेल्नु परेको छ,’ ओलीले भन्नुभयो ।