१२ जेष्ठ २०८३, मंगलबार 1779845995
Banner

दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा

काठमाडौं, ३० जेठ । जिल्ला अदालत काठमाडौंले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।