२७ भदौ २०८३, शनिबार 1789243016
Banner

माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखद्धारा जानकारी

काठमाडौँ-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपालकाे सांसद पदभएको सूचना संसद्लाई जानकारी गराइएको छ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले अध्यक्ष नेपालकाे सांसद पद निलम्बन भएको जानकारी गराउनुभयो।

नेपालविरुद्ध अख्यितार दुरुपयाेग अनुसन्धान आयाेगले पतञ्जली जग्गा सट्टापट्टा पक्ररणमा विशेष अदालतमा मुद्धा दायर गरेसँगै उनको सांसद् पद स्वत: निलम्बनमा परेको थियो ।