काठमाडौँ । गायक शिव परियारले संसार भरीमा नेपाली जनता असाध्यै परपीडक, लालची, स्वार्थी र अल्छी भएको बताएका छन् । उनले जनता चेतनशील र जाँगरिला बन्न नसकेकै कारण आज देशको यो हालत भएको बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेर मात्र देश परिवर्तन नहुने पनि बताएका छन् । फेसबुके क्रान्तिले केही परिवर्तन नहुने उनको ठम्याइ छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि जनताले फेसबुकमा विरोध गरेर, फेसबुके क्रान्ति, फेसबुके विरोध र फेसबुके नीतिले देशमा कमिसन तन्त्रको अन्त्य, सुशासन , भ्रष्टाचार नियन्त्रण हुन्छ त ?’


