२७ भदौ २०८३, शनिबार 1789235708
Banner

काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते

काठमाडौं । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको माइक्रोबस नागढुंगा सडकखण्डमा दुर्घटनामा परेको छ।

बा ३ ख ८६२९ नम्बरको माइक्रोबसमा सवार १९ जना मध्ये सबै घाइते भएका छन्। दुर्घटनापछि उनीहरूलाई तत्काल उद्धार गरी सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनाको कारण र अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।