१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:04 am
Banner

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सूचना प्रेस २०८२ असार १ आइतबार ००:००, २१:१९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टितेलको प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६० र डिजेलको मूल्य १४५ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।