१० श्रावण २०८३, आइतबार 1785087362
Banner

धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा उपस्थित

काठमाडौं । तीनकुने घटनाका आरोपित राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सांसद धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणा सोमबार कार्यालय समयमै अदालतमा हाजिर भएका हुन्। उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ ।

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलन हिंसात्मक बनेको थियाे। उक्त आन्दोलनमा संलग्न राणामाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर गरिएको हो।

यसअघि अनुसन्धानपछि प्रहरीले राणालाई स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा रिहा गरेको थियो।