११ जेष्ठ २०८३, सोमबार 1779772868
राजनीति

युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्ने समेत उनले बताए ।

विदेशीमुद्रा ५ हजार सम्म सटही गर्न सक्ने व्यवस्था राम्रो भएको र भारतीय नागरिकलाई ५ हजार भारतीय रकम बोकेर आउनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।

७५३ वटा स्थानीय तहमा कालोपत्रे रोडबाट जाउभन्ने धारणामा अलिकति अपुग भएजस्तो लागेको यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए । विकास निर्माणका आयोजना हेर्दा पहुँच र पदका भरमा व्यवस्थापन भएको जस्तो आफूलाई भान भएको उनले बताए ।