११ जेष्ठ २०८३, सोमबार 1779769837
Banner

इजरायल-इरान युद्ध अपडेट: इरानमा २२४ र इजरायलमा २४ जनाको मृत्यु

काठमाडौं- इजरायल र इरानबीचको युद्ध पाँचौँ दिनमा पुग्दा हताहती संख्या बढ्दो क्रममा छ । इजरायली आक्रमणमा परी २ सय २४ इरानीको मृत्यु भएको छ । इजरायलतर्फ २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी शहर तुरुन्त खाली गर्न भनेपछि तेहरानमा विस्फोटहरू सुनिएका छन् । अमेरिकी राष्ट्रपतिले मध्य पूर्वको अवस्थाका कारण आफ्नो जी सेभन भ्रमण पनि छोट्याउने घोषणा गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।

इजरायली सेनाले आफूतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको बताएपछि इरानमाथि आक्रमण तीव्र बनाएको हो । पछिल्लो इरानी आक्रमणबाट कुनै हताहत नभएको इजरायलले जनाएको छ ।

Smoke billows from an explosion in southwest Tehran on June 16, 2025. The Islamic Republic of Iran Broadcasting (IRIB) building was struck in an Israeli attack on June 16, cutting live coverage immediately. The blast occurred as the presenter was live on TV lambasting Israel before she was seen leaving the live broadcast, Iranian media reported, sharing a video of the incident. (Photo by ATTA KENARE / AFP)

यसअघि इजरायलले तेहरानस्थित इरानी सञ्चार गृहमा आक्रमण गरेको थियो । सरकारी टीभीमा आक्रमण गरिएको दृश्य सामाजिक सञ्जालभर छाएको छ । आक्रमणबाट क्षति पुगेको टेलिभिजन केही समयपछि पुन: सञ्चालनमा आइसकेको छ ।