७ आश्विन २०८१, सोमबार 1727118938
Banner

३ बजेसम्म ५० प्रतिशत मतदान : आयोग

काठमाडौं- स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा अपराह्न ३ बजेसम्म करिब ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको उहाँको भनाइ थियो ।