२८ भदौ २०८३, आइतबार 1789280454
Banner

रसुवामा तीन जनाको मृत्यु

रसुवा : रसुवाको दुई ठाउँमा तीनजनाको निधन भएको छ। नौकुण्ड गापा-५ र कालिका गापा-५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला परेको र कालिका गापा-१ ग्राङ गाउँमा भर्‍याङले थिची एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

नौकुण्ड गापा-५ सिस्नेरीका लालबहादुर मुक्तानको छोरीद्वय १३ वर्षकी सरगम मुक्तान र १० वर्षकी सविना मुक्तान खोलामा मृतावस्थामा आज फेला परेको र ग्राङका वर्ष ४३ की चिर्की तामाङ निर्माणाधीन बौद्ध गुम्बाको भर्‍याङ भत्किँदा घाइते भई उपचारको क्रममा जिल्ला अस्पताल धुन्चे लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए।

शव परीक्षणका लागि दुई बालिकाको त्रिशूली अस्पताल पठाइएको छ। तीनैजनाको मृत्युका सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान जारी राखिएको बताइएको छ।