१३ असार २०८३, शनिबार 1782575675
Banner

ओली–देउवा छलफलमा, प्रचण्ड अनुपस्थित

काठमाडौं । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच बालुवाटारमा दुई पक्षीय वार्ता जारी छ।

पूर्वघोषित रूपमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक हुने भनिए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर रहेकाले उहाँ बैठकमा सहभागी हुन सक्नुभएन।

विश्वस्त स्रोतका अनुसार वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रतिनिधिसभा बैठकमा जारी अवरोध, संसदको कामकाज, तथा पछिल्लो राजनीतिक गतिविधि लगायतका विषयहरूमा गम्भीर छलफल भइरहेको छ।

सरकारको नीति तथा कार्यक्रम, बजेट र विधेयकहरूलाई अघि बढाउने प्रक्रियामा देखा परेको अवरोध हटाउने उपाय खोज्ने प्रयासस्वरूप यो बैठक भएको बुझिएको छ।