१२ श्रावण २०८३, मंगलबार 1785284275
Banner

 मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने 

काठमाडौं- निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान खसेको आँकलन गरेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान खसेको आँकलन गरेको बताउनु भयो ।

४ बजेसम्म ५५% प्रतिशत मत खसेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनु भयो । देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्ध नभएको बताउनु भयो ।

स्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग नरहेको स्पष्ट पार्दै विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेमा त्यो मान्य नहुने उनको भनाइ छ।

अहिले सप्तरी, बझाङ,काभ्रे,दोलखा, बाजुरा, बारा र रौतहटका केही मतदान स्थलमा उम्मेदवारकै प्रतिनिधिले मत पेटिकामाथि आक्रमण गर्ने कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गरे। मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना बनाएको बताए।