५ मंसिर २०८३, शनिबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
५ मंसिर २०८३, शनिबार 7:55 pm
Banner

माओवादीले संघीय निजामती विधेयकबारे संसद्‌मा कुरा उठायो

सूचना प्रेस २०८२ असार ५ बिहिबार ००:००, १३:२३ बजे १ मिनेट पढाइ

काठमार्डौँ । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती विधेयकबारे कुरा उठाएको छ । माओवादी प्रमुख सचेतक सिहतराज पाण्डेले विधेयकबारे कुरा उठाउँदै कार्यसूचीमा राखेर तत्काल पारित गर्न माग गरेका हुन् ।

असार ३ गतेको कार्यसूचीमा राखिएको विधेयक हिजो संघीय सचिवालयले सार्वजनिक गरेको पाक्षिक कार्यतालिकामा राखिएको छैन ।  क्यालेण्डरमा नराखिएको विषयमा आपत्ति जनाउँदै कार्यसूचीमा राख्न माग गरेका हुन् ।