गाजापट्टी । बिहीबार राति राहत सामग्री वितरण केन्द्रहरू नजिकै इजरायली सेनाले गरेको गोलीबारीमा कम्तीमा २३ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । ‘राहत सामग्रीको लागि पर्खिरहेका प्यालेस्टिनीहरू लगभग हरेक दिन इजरायली आक्रमणमा मारिएका छन्’ गाजाका अधिकारीहरूले भने ।
हालैका घटनामाथि इजरायली सेनाले कुनै आधिकारिक बयान दिएको छैन । यसअघि, इजरायली सेनाले चेतावनीको लागि मात्र गोली चलाउने बताएको थियो । गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, गत महिनाको अन्त्यदेखि राहत सामग्री लिन भेला भएका ४०० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ ।


