उदयपुर, ९ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ पूर्व टोल ज्यामिरेमा विभिन्न पार्टी परित्याग गरी ३५ जना नेकपा (एमाले)मा प्रवेश गरेका छन् । कांग्रेस, माओवादी, राप्रपा लगायत पार्टी परित्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
आज बिहान एक कार्यक्रमकाबीच नवप्रवेशीहरुलाई एमाले कोशी प्रदेश सचिवालय सदस्य कान्ता राई, चौदण्डीगढी नगरपालिकाका मेयर समेत रहेका एमाले उदयपुरका उपाध्यक्ष कालुमान लामा लगायतले पार्टीमा स्वागत गरेका हुन् ।
हिजो आइतबार चौदण्डीगढी–४ अमलचौरीमा ३६ जना एमाले प्रवेश गरेका थिए ।


