३१ बैशाख २०८३, बिहिबार 1778771130
Banner

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण युद्ध विरामका लागि तयार भएको बताएका छन्।

President Donald Trump speaks as he arrives at Joint Base Andrews, Md., Saturday, June 21, 2025. (AP Photo/Manuel Balce Ceneta)

नेपाली समय अनुसार मङ्गलवार बिहान चार बज्न केही मिनेट बाँकी रहँदा सामाजिक सञ्जालमा पोस्ट गरेका ट्रम्पले त्यसको ठिक ६ घण्टापछि युद्ध विराम लागु हुने कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

ट्रम्पले बन्दी फुकुवाबाट युद्ध विरामको काम सुरु भएर २४ घण्टा भित्रमा सम्पूर्ण रूपमा युद्ध अन्त्यको घोषणा हुने उल्लेख गरेका छन्। इरान र इजरायलले भने युद्ध विराम भएको कुराको पुष्टि गरेका छैनन्।

राष्ट्रपति ट्रम्पले घोषणा गरेकै समयमा फक्स न्युजमा अन्तरवार्ता दिइरहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार बनाउने नसक्ने भएपछि युद्ध विराम भएको बताएका छन्। एजेन्सी