२८ असार २०८२, शनिबार 1752345801
Banner

प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

बैठकमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल र वरिष्ठ नेता वेदुराम भुसाल सहभागी थिए ।

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वेदुराम भुसालले भने, ‘दुई दलका नेताहरूले आज समसामयिक राजनीतिक घटनाक्रम, संसद्‌मा विचाराधीन विधेयक, बजेटलगायतका विषयमा छलफल गरेका छौँ ।’