काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सुरू भएको छ । बिहीबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा लाजिम्पाटमा मोर्चाको बैठक सुरू भएको हो । बैठकमा जसपा नेपाल,नागरिक उन्मुक्ति लगायत सात राजनीतिक दलका नेताहरू सहभागी छन् ।
बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव,राजबन्दी रिहाई लगायतका एजेण्डामा छलफल केन्द्रित रहने राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । बैठकमा भावी कार्यक्रमका साथै कार्यविधिको पूर्णताका विषयमा समेत छलफल गरिने छ ।


