२८ भदौ २०८३, आइतबार 1789334295
अर्थ

मनास्लु वर्ल्ड कलेजले अस्विन गुरुङ्ग र रोशिन ढकाललाई ‘कलेज एम्बासडर’मा नियुक्ति

काठमाडौं । मनास्लु वर्ल्ड कलेजले आज एक कार्यक्रमकको आयोजना गरी शैक्षिक शत्र २०८२–८३ को लागी कलेज एम्बासडरको नियुक्ति गरेको छ ।

कलेजले हरेक आफ्ना विद्यार्थीहरुलाई वर्ष आयोजना गरिने मिस्टर तथा मिस मनास्लुका विजेताहरुलाई कलेज एम्बासडरको रुपमा नियुक्त गर्ने गरेको छ । यसै वर्षको मिस्टर मनास्लु २०८१ विजेता अस्विन गुरुङ र मिस मनास्लु २०८१का विजेता रोशिन ढकाललाई कलेजले कलेज एम्बासडरको रुपमा नियुक्त गरेको हो ।

यस कलेजले कलेज एम्बासडर नियुक्ति गर्नु पुर्व विद्यार्थीलाई विभिन्न खालका कार्यक्रमहरुमा सहभागि गराई तथा विभिन्न कार्यशाला तथा तालिमहरु सहभागिता गराएर कलेज एम्बासडरको रुपमा नेतृत्व लिन सक्षम बनाएरमात्र यो जिम्मेवारीमा नियुक्त गर्ने गरेको कलेजका अध्यक्ष गेन्द्र लामाले बताए । मनास्लु कलेजले विभिन्न विधाहरुमा नेतृत्व तयार गर्न विद्यार्थीहरुलाई सिपमुलक तालिम तथा विभिन्न कार्यक्रमहरुमा सहभागिता गराउने गरेको छ ।