१७ बैशाख २०८३, बिहिबार 1777570051
Banner

कांग्रेस नेता मोहन बस्नेतलाई धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहन बहादुर बस्नेतलाई विशेष अदालतले २५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) घोटाला प्रकरणमा विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले आइतबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आजै उनी उक्त मुद्दामा बयान दिनका लागि अदालतमा हाजिर भएका थिए । बयान र बहस सकिएसँगै उनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

​टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ व्यक्ति र २ कम्पनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।