१२ श्रावण २०८३, मंगलबार 1785294217
समाज

अश्लील फोटो र भिडियो बनाएर बेच्ने एक जना पक्राउ

काठमाडौँ ।  महिलाको अश्लील भिडियो बनाएर बनाएर बिक्री वितरण गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घर भई काठमाडौँको टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा रहेका छन् ।

जिल्ला प्रहरी परिसरका  प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिई भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामाग्री बनाइ बिक्री वितरण गरेको भन्ने सूचना प्राप्त भएको थियो ।

सोही आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले थापालाई शुक्रबार नियन्त्रणमा लिएको हो । उनलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा दिन ५ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।