२६ जेष्ठ २०८३, मंगलबार 1781069032
Banner

सोलुमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप,एकजनाको मृत्यु

काठमाडौं । सोताङ गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।

शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रहारबाट ३५ वर्षीय सुदिप राईको घाइते भएका थिए। फाप्लु अस्पतालमा उपचारका क्रममा साँझ नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।