४ आश्विन २०८१, शुक्रबार 1726856693
राजनीति

काठमाडौँ महानगरको मतगणना सुरु हुँदै

काठमाडौँ – काठमाडौँ महानगरको मतगणना केहीबेरमा सुरु हुँदैछ । आज बिहान सर्वपक्षीय बैठक बसेपछि मतगणना सुरु गर्न लागिएको हो ।

मत गणना वडा नम्बर १ बाट माथि र वडा नम्बर ३२ बाट तल गरिँदै छ। स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

वडा नम्बर २४ र २५ मा दलित महिला सदस्य पदमा उम्मेदवारी परेन भने वडा १८, २२, २३ र २७ बाट दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौँ महानगरका १५६ मतदान स्थलका ३६३ मतदान केन्द्रबाट शुक्रबार मतदान भएको थियो । यहाँ ३ लाख २४२ मतदाता छन् ।