४ आश्विन २०८१, शुक्रबार 1726855740
राजनीति

सैनामैना नगरपालिकामा एमालेको अग्रता

बुटवल — रुपन्देहीको सैनामैना नगरपालिकामा मतगणना जारी एमालेको अग्रता छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

यहाँको २०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले ८३ मतसहित अग्रता लिएका छन् । कांग्रेसका फणिन्द्रप्रसाद शर्माले ८२ मतसहित पछ्याइरहेका छन् ।यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ अग्रता लिएका छन् । एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन्