४ आश्विन २०८१, शुक्रबार 1726849598
पालिका

पाँच दलीय गठबन्धनको लज्जास्पद नतिजा, १२८४ मत गणना हुँदा मेयरलाई जम्मा २० मत

काभ्रे- काभ्रेको धुलिखेल नगरपालिकामा गठबन्धनको लज्जास्पद नतिजा आएको छ।

धुलिखेल १ मा वडाको १२८४ मतगणना गर्दा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले जम्मा २० मत पाएका छन्।

वडा नम्बर एकका १२८४ सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन् । जेब्रा चुनाव चिन्ह भएका उनले ५७२ मत पाएका छन् भने दोस्रो स्थानमा एमालेका अशोककुमार ब्याञ्जुले ४६७ मत ल्याएका छन्।

धुलिखेल नगरपालिकाको वडा नम्बर एकको अन्तिम नतिजामा अध्यक्षका नेपाली कङ्ग्रेसका उम्मेदवार सन्त बहादुर लामा १०६ मत अन्तरले विजयी भएका छन्।

धुलिखेलमा अघिल्लो निर्वाचनमा एमालेका ब्याञ्जु विजयी भएका थिए। अहिले अग्रता लिइरहेका बस्नेत धुलिखेल कांग्रेसका नगर सभापति थिए। गठबन्धन गर्दा एकीकृत समाजवादीलाई मेयर दिइएपछि उनले बागी उम्मेदवारी दिएका थिए ।