काठमाडौं । हाल कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएराति नुवाकोट, सिन्धुपाल्चोक र रामेछाममा ठूलो पानी परेको थियो ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र न्यून चापीय रेखा सरदर ठाउँ आसपास रहेको महाशाखाले जनाएको छ ।


