२८ असार २०८२, शनिबार 1752344776
विश्व

वनभोजमा नुहाउने क्रममा खोलाले बगाएर मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित टौवास खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । 

शनिबार (असार २१) दिउँसो खोलामा नुहाउने क्रममा बगेर पर्साको वीरगन्ज महानगरपालिका–५ का ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

शर्मा वीरगन्जबाट साथीहरूसँग वनभोज खान आएका थिए । खोलामा नुहाउने क्रममा अचानक पानीको बहाब बढ्दा बगेर उनको मृत्यु भएको जानकारी आएको डीएसपी अर्यालले बताए । रासस