काठमाडौँ । मनास्लु वल्र्ड कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिँदै आएको छ । सोहीअनुसार अध्यापन गर्दै आएको मनास्लुले विद्यार्थीको क्षमता र दक्षता वृद्धिमा पनि विशेष ध्यान दिएको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्कुल स्थापना भएको २७ वर्ष पुगेको छ भने कलेज सुरु भएको ६ वर्ष नाघिसकेको छ । यो अवधिमा विद्यार्थी भावनालाई कदर गर्दै उनीहरुको इच्छाअनुसारकै अतिरिक्त क्रियाकलापमा लगाइएको प्रबन्ध निर्देशकसमेत रहेका उनले जानकारी दिए ।
कोर्षबाहेक अतिरिक्त क्रियाकलापमा सहभागी गराएर विद्यार्थीलाई दीक्षित गर्ने गरेको उनले बताए । ‘हाम्रो कलेजमा आउने विद्यार्थीले पछुताउनु पर्दैन,’ उनले भने, ‘विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराएर दक्ष बनाउने गरेका छौँ । यो दाबीमात्र होइन सत्य हो ।’

मनास्लु वल्र्ड कलेज पारिवारिकमैत्री रहेको उनले बताए । ‘यहाँ विद्यार्थी, शिक्षक, प्रिन्सिपल, व्यवस्थापकबीच कुनै दूरी नरहेकाले विद्यार्थीले आफ्ना कुरा प्रस्ट राख्ने वातावरण छ । यसले अध्ययन र अध्यापनमा सहजता दिएको छ ।’ गुणस्तरीय शिक्षाका लागि विद्यार्थी र अभिभावकलाई काउन्सिलिङको व्यवस्था गरेको जानकारी दिएका उनले विपन्न र जेहेन्दार विद्यार्थीलाई पनि छात्रवृत्ति पनि दिने गरेको जानकारी दिए ।

किन पढने मनास्लु वर्ल्ड कलेज ?
मनास्लु वर्ल्ड कलेज विद्यार्थीको भविष्य निर्धारण गर्ने थलो हो । समय अनुसार भित्रिएका विभिन्न प्रविधिलाई पछ्याउँदै विद्यार्थीको भोलिको सुनौलो भविष्य निर्माणमा अग्रसर कलेज भएकाले अधिकांश विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । विद्यार्थीमा परेको दुबिधा हटाउन नयाँ आयामका साथ कलेजले शैक्षिक गतिविधि चलाइरहेको छ । मनास्लु वल्र्ड कलेज नै किन ? धेरै कलेजको भीडमा भन्नेमा सर्टिफिकेटमा मात्रै फोकस र विश्वास गर्दैनौँ । विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्नका लागि त्यसमा भएको प्रतिभा निखारेर राम्रो सक्षम व्यक्ति बनाउने काम यस कलेजले गरिराखेको छ ।


