काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल कारबाहीमा परेका छन् । उनलाई पार्टीले एक वर्षका लागि सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले खनाललाई कारबाही गरेको पुष्टि गरे । गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप खनालमाथि छ ।
कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए । संयोजक ढुंगानाले खनालले पुनरावेदन गर्न सक्ने अवस्था रहेको बताए ।


