काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ७० हजार १५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेका कारण सर्वसाधारणका लागि सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।


