१ जेष्ठ २०८३, शुक्रबार 1778894958
Banner

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ ।

default

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ ।

अवरुद्ध सडक खोल्न  प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको छ । तर,  तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए । रासस