१ जेष्ठ २०८३, शुक्रबार 1778897000
समाचार

नवलपुरमा एक पुरुषको शव फेला, भोटेकोशीमा बेपत्ताको हुनसक्ने अनुमान

नवलपुर, २७ असार । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल–भारत सीमानाको त्रिवेणी ब्यारेज पुलमा एक पुरुषको शव फेला परेको छ ।

शवको पहिचान भने हुन सकेको छैन । पुलमा घोप्टो परेर तैरिरहेको अवस्थामा अन्दाजी ३५–४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी मधु नेपालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय त्रिवेणी र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले शव निकालेको हो । शव पोष्टमार्टमका लागि पठाइएको छ ।

भोटेकोशीको बाढीमा परी बेपत्ता व्यक्तिको शव हुनसक्ने प्रहरीको अनुमान छ ।