काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेतृ रामकुमारी झाँक्री शुक्रबार एकै मञ्चमा देखा परेका छन् । कीर्तिपुरमा आयोजित समाजवादी अखिलको बैठकमा दुवै जना उपस्थित भएका हुन् । नेपाल कार्यक्रममा प्रमुख अतिथि छन् भने झाँक्रीचाहिँ संगठनकी इन्चार्ज हुन् ।
पतञ्जलि योगपीठको जग्गा घोटालामा मुद्दा लागेपछि झाँक्रीले आफ्ना अध्यक्ष नेपालविरुद्ध यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा कडा अभिव्यक्ति दिएकी थिइन्। उनले पार्टीमा ‘ठुलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ बताउँदै ‘मरेको सिनु बोकेर हिँड्न नसकिने’बताएकी थिइन्।


