भक्तपुर । नेकपा एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले एमालेमा जनसंगठनले पार्टीमा कार्यकर्ता पठाउनु पर्नेमा पार्टीले पठाउनु पर्ने स्थिति सृजना भएको बताउनुभएको छ ।

मानव अधिकार एलायन्सको २६औं स्थापना दिवशका अवसरमा ठिमीमा आयजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै देउजाले जनसंगठन पार्टीलाई कार्यकर्ता आपूर्ति गर्ने कारखानाको रुपमा रहनु पर्ने बताउनुभयो ।
‘हामी उल्टो बाटोमा छौं यसलाई सुल्टो बनाउनु पर्दछ’ देउजाले भन्नुभयो जनसंगठनले पार्टीका लागि आाधारभूमि तयार गरिदिनु पर्दछ । पार्टीमा जनसंगठनले आफ्नो भूमिकामा स्पष्ट हुनुपर्दछ । समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानलाई सफल पार्न सबैले साथ दिनु पर्ने देउजाको भनाइ छ ।

महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भइरहेको छ ।


