धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका–४ रमौलस्थित सडकमा भएको दुर्घटनामा हंसपुर नगरपालिका–४ मधुकरी बस्ने ३० वर्षीय उदय राउतको मृत्यु भएको हो ।
शनिबार राति रमौलबाट ललियातर्फ आउँदै गरेको मधेस प्रदेश–०२–००५ प ८८४२ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


