२२ बैशाख २०८३, मंगलबार 1777963386
खेलकुद

चेल्सी बन्यो विश्वकपको च्याम्पियन

इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३-० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

EAST RUTHERFORD, NEW JERSEY – JULY 13: Enzo Maresca manager / head coach of Chelsea lifts the FIFA Club World Cup trophy and celebrates with his players during the FIFA Club World Cup 2025 final match between Chelsea FC and Paris Saint-Germain at MetLife Stadium on July 13, 2025 in East Rutherford, United States. (Photo by Robbie Jay Barratt – AMA/Getty Images)

अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा चेल्सीलाई उपाधि जिताउन ल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे । चेल्सीले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो । रक्षात्मक रणनीतिमा उत्रिएको चेल्सीले तीनै गोल काउन्टर अट्याकमा गरेको थियो ।  पाल्मरले २२ औं मिनेटमा चेल्सीलाई अघि बढाएका थिए । ३० औं मिनेटमा पाल्मरले दोस्रो गोल गर्दै चेल्सीलाई बलियो स्थितिमा पुर्‍याए । 

४३औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३-० ले अघि बढाए । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेको पीएसजी फाइनलमा भने चल्न सकेन । दोस्रो हाफको ८५ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भएको थियो । जोआओ नेभेसले मार्क कुकुरेलाको कपाल तानेपछि रेफ्रीले भीएआरको सहायता लिँदै रातो कार्ड दिएका थिए ।