काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन प्रालि, फ्रन्टलाइन हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी हस्पिटलका क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नोबेल हस्पिटलबाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सकिने छ ।
साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अस्पतालले आफ्ना ग्राहकहरुलाई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको बताए । उनले अस्पताल र अस्पतालसँग आवद्ध सबैलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने भएकाले ढुक्क भएर सेवा लिन आह्वान गरे । सोही अवसरमा क्लिनिकल अध्यक्ष डा. न्यौपानेले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।


