३ जेष्ठ २०८३, आइतबार 1778998741
अर्थ

नबिल बैंकले ‘नबिल डिबेन्चर २०८९’ जारी गर्ने

काठमाडौं । नबिल बैंकले ‘नबिल डिबेन्चर २०८९’ जारी गर्ने भएको छ। नबिल बैंकले साउन ६ गतेदेखि ८a वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ बिक्री खुला गर्ने भएको हो ।

बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। ऋणपत्रमा छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते आवेदन दिन सकिनेछ।

ऋणपत्र जारी गर्नका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले नबिल बैंकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ए’ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रमा सुरक्षित रहेको संकेत गर्दछ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड छ।