काठमाडौं । सफ्टवेरिका कलेजको ‘टेक एक्सः एलिभेट २०२५’ को तेस्रो संस्करण भब्य रुपमा शुरु भएको छ । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले प्रविधिको उत्कृष्ट प्रयोग गर्दै ‘टेक एक्सः एलिभेट २०२५’ को तेस्रो संस्करणको शुरुवात गरेको हो ।

आजदेखि श्रावण ३ गतेसम्म चल्ने यो विशेष कार्यक्रम डिल्लीबजार स्थित कलेजकै परिसरमा भब्य रुपमा सञ्चालन भईरहेको छ । कार्यक्रमले प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताका आयामहरूमा अभिव्यक्ति दिने एक उत्कृष्ट प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरिरहेको छ ।
सफ्टवेरिका कलेज प्रागणमा आज भएका कार्यक्रममा विद्यार्थीले आफनै हातले बनाएका नयाँ नयाँ आविष्कारको प्रयोग, जस्तो हवाइजहाज आफैले बनाएर उडाउने, रोबर्टको प्रयोग, आधुनिक कृषि उपकरणको प्रयोग, अन्य इनोभेटिभ र प्रेरणादायी कुराहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा झण्डै २५ भन्दा बढी रोबोटिक्स र एआई आधारित प्रोजेक्टहरू सार्वजनिक गरिएका छन् ।

कलेजमा विद्यार्थी तथा पूर्व विद्यार्थीहरूद्वारा सञ्चालनमा रहेका २०ं स्टार्टअपहरूले आफ्नो नवप्रवर्तन, सोच र व्यवसायिक मोडेलहरू प्रस्तुत गरेका छन् । ३ दिन सम्म चल्ने उक्त कार्यक्रमले नेपालमा अध्ययनरत विद्यार्थीहरुले आफनो उद्यमशीलता कसरी विकास गरिरहेका छन भन्नेवारेमा सवैका सामु प्रस्तुत गरेर देखाउन सक्नेछन । भोलिको कार्यक्रममा उद्यमशीलता सम्बन्धी मास्टर कक्षा सञ्चालन हुने र जसमा इच्छुक विद्यार्थीहरूले अनुभवी फाउन्डर, लगानीकर्ता र मेन्टरहरूसँग प्रत्यक्ष पिच सेसन र व्यावसायिक तालिममा समेत भाग लिन सक्ने कलेजका प्रिन्सिपल प्रमोद पौडेलले बताउनुभयो ।

सफ्टवेरिका कलेजले प्रविधिमा आधारित शिक्षालाई व्यवहारिक र विश्वस्तरीय बनाउने उद्देश्यसाथ यो कार्यक्रम आयोजना गर्दै आएको छ । ‘टेक एक्स : एलिभेट २०२५’ नेपाली शिक्षामा नयाँ सोच, सिर्जनशीलता र परिवर्तनको उदाहरणीय प्रयासको रूपमा स्थापित हुँदै गएको प्रिन्सिपल पौडेलको भनाइ छ ।


