काठमाडौँ । दोस्रो विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु भएको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
नेता गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरुमा व्यापक छलफल र निर्णयहरू हुनेछन् । खास गरी विधान संशोधन प्रस्तावका खाकाहरू बैठकमा पेस भएर छलफल हुनेछन् ।
बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्दैछन् । बैठकले साउन २ गते बस्ने पार्टी पोलिटब्युरो र साउन पाँच गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय गर्नेछ ।


