२१ भदौ २०८३, आइतबार 1788735242
Banner

सडक दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपालमा अहिले दैनिक सडक दुर्घटनामा ७ जनाको मृत्यु हुने गरेको बताएका छन्। यो भयावहको अवस्था रहेको उनको भनाइ छ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन्। नेपाल प्रहरीका आइजिपी दीपक थापाले पनि पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा २५ सय ४९ जनाको दुर्घटनामा मृत्यु भएको बताए।

गत वर्षको तुलनामा यसपालि २५.१५ प्रतिशत बढी सवारी दुर्घटना भएको उनले बताए। एक वर्षमा ३२ हजार ६ सय सवारी दुर्घटना भएका थिए। सबैभन्दा धेरै सवारी दुर्घटना मधेस प्रदेशमा हुने गरेको छ।