काठमाडौं । सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको हो ।

उक्त एपमार्फत अनलाइन फ्रड तथा मनी लाउन्डरिङ गरेको आरोप लगाइएको छ । प्राधिकरणले एप तत्काल बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ ।
टेलिग्राम युवाबीच निकै लोकप्रिय एप हो । यसमा विभिन्न फिल्म लगायतका सामग्री आदानप्रदान हुने गरेको थियो ।


