काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैँ स्वनियमनमा जानुपर्ने सुझाव दिएकी छन् । आइतबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शर्माले सबैका संस्कार, आचरण, सबैका नकारात्मक कुराहरूमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र आफैँ अराजक भए त्यसले समाजमा राम्रो नगर्ने बताएकी हुन् ।
पत्रकारिताको नाममा भएको अराजकता रोक्नुपर्ने उनको भनाई थियो । सांसद शर्माले भनिन्– ‘सकेसम्म स्वनियमनमा जानुपर्छ । पत्रकारहरू आफैँ आफ्नो आचारसंहितामा जानुपर्छ । सबैका संस्कार, आचरण, सबैका नकारात्मक कुराहरूमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र छ । त्यो आफैँ फेरि अराजक भयो भने त्यसले राम्रो गर्दैन समाजमा ।’ सांसद शर्माले सबै खाले सञ्चारमाध्यमलाई समेट्न सक्ने नियामक निकाय आवश्यक रहेको जिकिर गरिन् ।


